
काठमाडौं, ३ साउन । सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा नयाँ सुविधा थप गरेको छ ।
मोबाइल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन शेयर गर्न मिल्ने नयाँ सुविधा सुरू गरेको हो । नयाँ सुविधा एन्ड्रोेएड र आईओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
फेसबुकको ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एपमा प्रयोगकर्ताले ग्रुप च्याटमा ८ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको बताइएको छ ।
कम्पनीले चाँडै नै म्यासेन्जर रुममा ५० जनासम्मले स्क्रिन शेयर गर्न मिल्ने गरी सुविधा थप्ने पनि बताएको छ ।
यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।













प्रतिक्रिया