
काठमाडौं, ३ साउन । सिराहाको औरही गाउँपालिका–५ मा गएराती बम बिस्फोट हुँदा १ जना घाइते भएका छन् ।
बिस्फोटमा घरमा सुतिरहेका स्थानीय सुवर्ण यादव घाइते भएका छन् । घाइते यादवको जिल्ला अस्पताल सिराहामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।
यादव तत्कालीन औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता समेत हुन् ।













प्रतिक्रिया