२८ आश्विन २०८३, बुधबार

काठमाडौं उपत्यकासहित १९ जिल्लामा आकस्मिक बाढी आउन सक्ने महाशाखाको चेतावनी

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका विभिन्न १९ जिल्लाका खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बताएको छ ।

ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका विभिन्न ठाउँमा पानी परिरहेको छ । यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आइतबारदेखि पुनः मनसुन सुरू हुने भएका कारण शुक्रबारबाटै देशभर वर्षा सुरू भइसकेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायत नदी तथा खोलाहरूमा पानीको बहाव बढ्दै गएको छ ।

काठमाडौंमा पनि शुक्रबारदेखि नै भारी तथा मध्यम वर्षा भइरहेको छ । जसका कारण साना नदी र नालाको पानी सडक किनारसम्म आउन सक्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ । सडक किनारको बाटोबाट यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सबैका आग्रह गरेको छ ।

आइतबारदेखि सक्रिय हुने मनसुन आगामी बुधबारसम्म कायम रहने छ भने त्यसपछि क्रमिक रूपमा सुधार आउने बताइएको छ ।