
काठमाडौं, २ साउन । साउन ४ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरेलगत्तै नेकपाले भोलि शनिबारका लागि सचिवालय बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि सचिवालय बैठकको मिति तय गरिएको हो ।
साउन ४ गते स्थायी कमिटी बैठक बस्ने भएकाले त्यसअघि सचिवालय बैठक बस्ने दुई अध्यक्षबीच सहमति जुटेको बताइएको छ ।
बैठकको मति तय गरे पनि समय भने तोकिएको छैन ।













प्रतिक्रिया