२८ आश्विन २०८३, बुधबार

टिका सानुको मर्मस्पर्शी तीज कोशेली ‘बुहारी ३’

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली नारीहरूको विशेष पर्व तीज आउन एक महीना भन्दा बढी समय बाँकी छँदै गायकगायिकाहरूले तीजको गीत धमाधम सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो समय आधुनिकतासँगै तीजका गीतहरू फेरिन थालेका छन् । कतिपय गीतहरूलाई तीजको नाम दिए पनि तिज झल्काउने कुनै विशेषता देखिँदैन ।

तर, चर्चित लाइभ लोकदोहोरी गायिका टिका सानुले मर्मस्पर्शी तीजगीत ‘बुहारी भाग–३’ सार्वजनिक गरेकी छिन् । गत वर्ष उनले गाएको ‘बुहारी–२’ तीजगीत दर्शकमाझ चर्चित बनेपछि उनले ‘बुहारी–३’ ल्याएको बताएकी छिन् ।

नयाँ गीत उनले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी छिन् । दुई दिनअघि सार्वजनिक उक्त गीत यो समाचार तयार पार्दासम्म करीब ३ लाख पटक हेरिएको छ । यस गीतमा टिका सानु, मानसिंह खड्का, करिश्मा घर्तीमगर र धनमाया नेपालीले स्वर दिएका छन् ।