
काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेसँगै आज सार्वजनिक गर्न लागिएको हो ।
विगतका वर्षहरूमा सञ्चारकर्मीहरूका बीच प्रत्यक्ष रूपमा सार्वजनिक गर्ने गरिएको मौद्रिक नीति यसपटक नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ भने सञ्चारकर्मीहरूलाई बोलाइएको छैन । कोभिड–१९ को महामारीका कारण राष्ट्र बैंकले यस्तो निर्णय गरेको बताएको छ ।
शुक्रबार बिहान सञ्चारकर्मीहरूलाई पठाइएको सूचनाममा भनिएको छ, ‘प्रत्यक्ष प्रशारण सकिएलगत्तै राष्ट्र बैंकको वेबसाइटमा मौद्रिक नीतिको पूर्ण पाठ राखिने भएकाले त्यसैबाट समाचार संकलन तथा प्रशारणको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’
मौद्रिक नीतिले ऋणीहरूलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ ।
यस्तै बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायत व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।













प्रतिक्रिया