
काठमाडौं, २ साउन । आगामी आइतबारदेखि नेपालमा पुनः मनसुन सक्रिय हुने भएको छ ।
आजैदेखि क्रमशः पानी पर्ने क्रम सुरू हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै महाशाखाले मनसुनका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले सतर्क रहन र पूर्वतयारीका लागि जुट्न पनि अनुरोध गरेको छ ।
आगामी आइतबार बेलुकीपखदेखि मनसुन सक्रिय हुने र देशभर झरी पर्ने सूचनामा उल्लेख छ । यस्तै केही ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र १/२ ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
अब सक्रिय हुने मनसुन आगामी बुधबारसम्म कायम रहने छ भने त्यसपछि क्रमिक रूपमा सुधार आउने बताइएको छ ।













प्रतिक्रिया