
काठमाडौं, २ साउन । निर्धारित संख्या भन्दा कम मानिस वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनी तत्काल खारेज नहुने भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा १०० जना भन्दा कम मानिस पठाउने मेनपावर खारेज नगर्ने निर्णय गरेको हो । तर, चालू आर्थिक वर्षबाट भने यो नियम कडाईका साथ लागू गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारको नयाँ निर्णयसँगै अघिल्लो दुई आर्थिक वर्षमा सय–सय जनाको दरले कामदार विदेश पठाउन नसकेका ५१३ वटा मेनपावर खारेजी हुनबाट बचेका छन् । मेनपावर व्यवसायीले पनि सरकारले मलेसिया रोजगारी रोकेको तथा पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगार ठप्प हुँदा लक्ष्य पूरा गर्न नसकेकाले खारेज गर्न नहुने बताउँदै आएका थिए ।
व्यवसायीको यही तर्कलाई आधार मानेर सरकारले यस्तो निर्णय गरेको वैदेशिक रोजगार व्यवसायी रामहरि थापा बताउँछन् । सरकारको निर्णयसँगै अब ति मेनपावर कम्पनीहरुलाई नवीकरणको बाटो पनि खुलेको छ ।













प्रतिक्रिया