२८ आश्विन २०८३, बुधबार

एनआईसी एशिया बैंकमा नगद जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । एनआईसी एशिया बैंकले अनलाइनबाटै नगद जम्माको भौचर भर्न सकिने सुविधा ल्याएको छ ।

समय अनुसार ग्राहकमाझ परिस्कृत सेवा तथा सुविधा ल्याउने क्रममा बैंकले मोबाइल, ल्यापटप वा कम्प्युटरबाट एनआईसीको खातामा नगद जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणाली सुरू गरेको जानकारी दिएको छ । नेपालको बैंकिङ इतिहासमै पहिलोपटक यस्तो सुविधा ल्याएको बैंकले दाबी समेत गरेको छ ।

ग्राहकले एनआईसी एशिया बैंकको वेबसाइटमा गएर नगद जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने छन् । वेबसाइटमा भौतिक फरामकै ढाँचामा डिजिटल भौचर विकास गरेको बैंकको भनाइ छ ।

उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनोट गरी आवश्यक विवरणहरू भरेपछि बैंकले सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाउने छ । उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई भौचर बिना नै नगद काउन्टरमार्फत आफूले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।