२८ आश्विन २०८३, बुधबार

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने दिवाकर देउजा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल टेलिकमको मोबाइल एप सर्भर ह्याक गर्ने पाख्रिबास नगरपालिका–५, धनकुटाका दिवाकर देउजालाई पक्राउ गरेको छ ।

मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रूपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा विक्री गरी लाभ लिएको आरोपमा उनी पक्राउ परेका हुन् । टेलिकमले असार १२ गते ब्यूरोलाई पत्र पठाई टेलिकमलाई नोक्सानी पुर्याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याउने व्यक्तिलाई कारवाही गर्न अनुरोध गरेको थियो ।

पक्राउ परेका देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटाका कम्प्यूटर अपरेटर हुन् । उनलाई बुधबार धनकुटाबाटै पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, बमोजिम आवश्यक कारबाही प्रक्रियाका लागि नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाएको छ ।
उनको साथबाट प्रहरीले २/२ वटा ल्यापटप र मोबाइल बरामद गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।