२८ आश्विन २०८३, बुधबार

नेपाल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीइओमा प्रसाईं

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको छ ।

बुधबारदेखि प्रमुख कार्यकारी अधिकृत बिवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई बुधबार नै कार्यवाहक सीईओको जिम्मेवारी दिइएको हो । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रसाईंलाई साउन १ गते (आज) देखि लागू हुने गरी उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष काम गरेका छन् ।