
काठमाडौं, १ साउन । जर्मन उत्पादक बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप मानिसमा परीक्षण गर्न चीनले अनुमति दिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार चीनको साङ्घाइ फोसन फर्मास्युटिकल्सले उक्त खोप मानवमा प्रारम्भिक परीक्षण गर्न लागेको हो । बायोएनटेकले पीफिजर इंकसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको दुई वटा खोपमा काम गरिरहेको बताइएको छ । त्यसैमध्येको एउटा खोपको मानवमा परीक्षण गर्न चीनले स्वीकृति दिएको हो ।
उक्त खोप परीक्षणका लागि अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले यसै हप्ता ‘फास्ट ट्रयाक’ स्टाटस दिएको थियो । चीनको अनुमतिसँगै उक्त बीएनटी १६२ बी १ नाम दिइएको खोपको परीक्षण जतिसक्दो चाँडो गरिने फोसन फर्माको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण तीव्र भएयता हालसम्म करीब २३ वटा यस्ता सम्भावित खोपहरूको मानवीय परीक्षणको अनमुति पाएर सुरू भइसकेको छ ।













प्रतिक्रिया