२९ आश्विन २०८३, बिहिबार

मञ्जुले गीत गाउँदै नाचेपछि दर्शकलाई हम्मे हम्मे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_9752

– अनिल खत्री
गुल्मी । उद्घोषिका र गायिका पनि गायिकामा परिचित छन मञ्जु पौडेल, पछिल्लो समय यता उनी स्टेज कार्यक्रममा गित गाउने र कार्यक्रम पनि चलाउनमा ब्यस्त देखिएकी छिन ।

स्टेज कार्यक्रममा निकै चर्चित र सफल उद्घोषिका बन्दै गएका पौडेल पछिल्लो समय यता उनी गीत गायन क्षेत्रमा पनि चर्चित बन्दै गएकी छिन् ।

अहिले उनी नेपालका बिभिन्न स्थान र नेपाल बाहिर हुने महोत्सव, कार्यक्रमहरुमा उनीले कार्यक्रम चलाउने सगै गीत गाउने गरेकी छिन् ।

यस्तै गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले आयोजना गरेको दोस्रो गुल्मी महोत्सवको लागी छैठौं र सातौ दिनको लागी आफनो प्रस्तुतिमा पौडेलले पनि यस्तै गरि दिन भर दर्सक स्रोतको मन जित्ने प्रयास गरिन ।

महोत्सवको दुई दिन नै उनले दिन भर कार्यक्रम प्रस्तुतिसंगै बीच बीचमा आफना गीतसंगितले दर्शक श्रोताको मन जितिन् ।

गुल्मी जिल्लामा हुँने बिभिन्न कार्यक्रममा बेला बेलामा गुल्मी आउने गरेकी पौडेललाई गुल्मेली दर्शकहरुसंग लोकप्रिय बन्दै गएकी छिन ।

रमाईलो तरिकाले कार्यक्रम उद्घोषण कला र गलाले खारिएकी पौडेलले उनले कार्यक्रम सुरु गरेसंगै दिनभर नै दर्शकहरुले निकै अभिरुचीका साथ कार्यक्रममा रमाइलो गरेका थिए ।

कार्यक्रममा उनले चलाउने प्रस्तुतिले रमाईलो मान्ने हुँदा दिन भर नै दर्सकहरु कार्यक्रम हेर्न ब्यस्त थिए ।

कार्यक्रमको बीच बीचमा बिभिन्न राष्ट्रिय स्तरका चर्चित कालाकारहरुको प्रस्तुतिसगै उनै कलाकारसंग पौडेलले दोहोरी गाउँदा महोत्सवमा थप रमाईलो बन्दै गएको थियो ।

उद्घोषण र गीत गाउने कला भएकी पौडेल पछिल्ला वर्षहरुमा उनले नयाँ नया गीतहरु बजारमा ल्याएकी छिन् ।

मायाँ प्रेमसगै केही सामाजिक सन्देशमुलक गीतहरु पनि बजारमा ल्याएका सबैजसो गीत स्रोताले मन पराएको बताईन ।

पछिल्लो समय यता गीत संगितको ब्यबस्थित बजारीकरण नहुदा फरक बाटो मोड्नु पर्ने बाध्यता आएको बताईन ।

गीत संगितको बजारी करण केवल सिआर बिटीमा सिमित भएकाले अहिले सिआर बिटी र स्टेज कार्यक्रम केन्द्रित गीत बनाउनुपर्ने बाध्यता रहेको गायिका मञ्जु पौडेलले बताईन् ।