२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री कोइराला र महासंघ प्रतिनिधिमण्डलबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

p43काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले शनिवार प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गरेको छ ।

भेटवार्ता गर्दै महासंघले निर्माण व्यवसायीसँग सम्बद्ध समस्याबारे जानकारी गराउँदै प्रधानमन्त्री कोइराला समक्ष समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कोइरालालाई उहाँकै निवास बालुवाटारमा भेटी समस्याहरुबारे अवगत गराएको हो ।

p 1नेपाल सरकार र महासंघबीच २०६६ साल मंसिर ४ गते सम्पन्न ४५ बुँदे सहमतिमा उल्लेखित महत्वपुर्ण बुँदाहरु अझै कार्यान्वयनमा नआउँदा व्यवसायीहरु मारमा परेको अध्यक्ष गौचनले जानकारी गराउनुभयो ।

दुई करोडसम्मको निर्माण कार्य खुल्ला, ६ करोडसम्मको लागत अनुमानका निर्माण कार्यको पुर्व योग्यता, निर्माण व्यवसायीहरुको वर्गिकरण, हेभि इक्युमेण्ट आयात, मुल्य समायोजन, साना, प्याकेजिङ लगायतका विषयमा महासंघले अघि सारेको धारणा अनुरुप माग सम्बोधन गरिदिन पनि अध्यक्ष गौचनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

p 2महासंघको माग अनुसार कर फछ्र्यौट आयोग गठन भएको भन्दै गौचनले नेपाल सरकार समक्ष आभार समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष गौचनले सरोकारवाला व्यवसायीहरुलाई संलग्न नगराई सार्वजनिक खरिद ऐन, २०६३ संशोधन हुन लागेको भन्दै व्यवसायी मैत्री ऐन नआए महासंघ आन्दोलनमा जाने बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री कोइरालाले व्यवसायीका जायज माग सम्बोधन गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिने जानकारी गराउनुभयो ।

प्रतिनिधिमण्डलमा महासंघका मानर्थ सदस्य जीपछिरिङ लामा, सल्लाहकारहरु शकुन्तलाल हिराचन, यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष जयराम लामिछाने सहित वरिष्ठ उपाध्यक्ष विष्णु भाई श्रेष्ठ, महासचिव रामशरण देउजा, उपाध्यक्षहरु रुद्र शर्मा, तेजकुमार कुरम्बाङ, भीमबहादुर साउद, नीतिगत उपमासचिव विष्णु बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।