काठमाडौं, २० असार । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनी कतारबाट असार १६ गते आएका थिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ३३ पुगेको छ ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए ।
अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार हुँदै आएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।











प्रतिक्रिया