७ मंसिर २०८३, सोमबार

दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाई आज स्थगित भएको छ ।

अन्तरिम आदेशका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई तोकिएकोमा स्थगित भएको हो । छलफलका लागि प्रहरी महानिरीक्षक मनोज केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको बताइएको छ ।

उनले म्याद बुझिनसकेकाले आजको बहस स्थगित भएको बताइएको छ। यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।