७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री बालेनले मोदीलाई के दिए उपहार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष र रातो मच्छिन्द्रनाथको मूर्तिसहितको उपहार दिएका छन् ।

दिल्लीमा सोमबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखिएको रुद्राक्ष र रातो मच्छिन्द्रनाथको मूर्ति मोदीलाई प्रदान गरेका हुन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे ।

भेटका अवसरमा नेपाल र भारतका दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहार साटासाट गरेका थिए ।