इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको कारमा आगलागी भएको छ ।
मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा एक्कासी आगलागी भएको हो । कारमा पाँचजना सवार थिए । सबै यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।











प्रतिक्रिया