७ मंसिर २०८३, सोमबार

ओली र दाहालले विवाद मिलाउन शनिबार परामर्श गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन नेताहरूले परामर्श गर्ने भएका छन् ।

पार्टी स्थायी समितिकाे बैठकअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् । दाहालले दुईमध्ये एक पद छोड्न सुझाव दिएका छन् ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने बताएका छन् ।

मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडानमा छन् । सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ ।