७ मंसिर २०८३, सोमबार

शीर्ष नेतृत्वलाई दबाबका लागि नेकपा युवा नेताले दिए पार्टी मुख्यालयमा धर्ना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका युवा नेताले एकता बलियो बनाउन भन्दै शीर्ष नेतृत्वलाई दबाब दिन पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार धर्ना दिएका छन् ।

डा. विजय पौडेल, रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा, दिलु पन्त लगाय करिब ३० जना नेता कार्यकर्ता पार्टी मुख्यालयमा धर्नामा बसेका छन् ।

पार्टी विभाजनको दिशामा गएको भन्दै एकता जोगाएर सुदृढका साथ अघि बढाउनका लागि धर्ना दिइएको हो ।