– विजय थापा
डिसी, अमेरिका । नयाँ वर्षको अवसरमा धुम मच्चाउन नेपाल टेलिभिजन हास्य टेलिश्रृखला मेरी बास्सैका कालाकार सीताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे (सुन्तली) अमेरिका आउने भएका छन् ।
नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न नयाँ बर्ष धमाका भाग-१ अमेरिकामा आयोजना हुन लागेको छ ।
उक्त कार्यक्रममा नेपालका हास्य विधाका चर्चित कलाकार धुर्मुस सुन्तलीले आफ्नो प्रस्तुतीबाट अमेरिका थर्काउने भएका छन् ।
२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी क्षेत्रका ख्याती प्राप्त गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् । सीताराम कट्टेल धुर्मुस तथा कुन्जना घिमिरे सुन्तलीको जोडीले आफ्नो प्रतिभा देखाउने भएका छन् ।
कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् ।
अमेरिकामा यो कार्यक्रम ल्याउने जिम्मेबार लिएका वर्ल्ड बिजनेस म्यनाज मेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मीले २०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रमको लागि आई पुगेका सम्पूर्ण कलाकारहरु पहिलो पटक अमेरिका आएका हुन् ।
उक्त कार्यक्रम अमेरिकाको भर्जिनिया, बोस्टन, हुस्टन, डलास, अस्टिन, न्युयोर्क, सिकागो, नेब्रास्का, बाल्टिमोर, नर्थ क्यारोलिना, कोलोराडो, सन् फ्रान्सिस्को, लास एन्जेलस लगायत दुई दर्जन भन्दा ज्यादा राज्यहरुका शहरहरुमा प्रस्तुति हुने भएको छ ।
कलाकारहरु अप्रिल ४ देखि जुन ७ सम्म अमेरिकामा रहने भएकोले यी भन्दा ज्यादा स्थानमा कार्यक्रम देखाउन चाहना राख्नेले आयोजकसंग सम्पर्क गर्न सक्ने बताईएको छ ।
भुटान, भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नयाँ नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको संयोजक रेग्मीले बताए ।
कार्यक्रमबाट उठेको केहि रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोगार्थ पनि हो भन्दै २०७२ नयाँ बर्ष धमाका भाग १ सफलता मिल्ने र नेपालका ख्याती प्राप्त कलाकारहरुलाई हौसला प्रदान नेपाली समुदायले गर्ने छ भनि आशा गरेको रेग्मीले बताए ।














प्रतिक्रिया