काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले आइतबार उपत्यकामा बसोबास गर्ने पूर्वाञ्चलका आफ्ना कार्यकताको भेलामा चीनका पूर्व राजदुत टंक कार्कीले छिमेकी चीनको कम्युनिष्ट पार्टीको उदारहण दिँदै नयाँ नेतृत्वको वकालत गरेका छन् ।
नेपाल पक्षको भेला पगेर पनि उनले अबको पार्टी अध्यक्षमा नेता नेपाल नै हुनुपर्छ भन्ने मन्तव्य दिएनन् । उनले अबको अध्यक्ष नेता केपी शर्मा ओली र नेता नेपाल मध्येबाट हुने कुटनीतिक भाषण गरेपछि केही कार्यकर्ताले मन्तव्य छोटो गर्न हुटिङ गरेका थिए ।
कार्कीले चिनियाँ कम्युृनिष्ट पार्टीको १८ औं महाधिवेशनले पुरानो कमिटीका सात मध्ये दुई जनालाई मात्र नयाँ स्थायी कमिटीमा निर्वाचित भएको सन्दर्भ उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि नयाँ शिराबाट उठाउनुपर्नेमा जोड दिए । कार्यकर्ताले लामो भयो भनेर कराएपछि कार्कीले मन्तव्य छोटो गरेका थिए । त्यसपछि कार्यक्रम सञ्चालक राजेन्द्र राई कार्यक्रम विवरण नै हेरफेर गरेर अन्य नेतालाई बोल्न नदिई सिधै नेता नेपाललाई बोल्न आग्रह गरेका थिए ।
नेता ओली पक्षले शनिबार विराटनगरमा पूर्वाञ्चलस्तरीय कार्यकर्ता भेला गरेको भोलिल्ट नेपाल पक्षले नयाँ वानेश्वरको एक क्वालिटी ब्याङ्क्यैटमा भेला आयोजना गरेका थिए ।
नेता नेपालले पार्टीको नेतृत्वमा अराजनीकि र स्वार्थी समूहलाई आउन हुने किन नहुने भन्नेबारेमा कार्यकर्ताले निक्र्यौल गर्नुपर्ने बताए । फाइल फोटो
कार्यक्रममा राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. चन्द्रमणि अधिकारी पनि मञ्चमा बसिरहेको देख्दा कतिपय कार्यकर्ताले आयोगको जिम्मेवारीमा रहेका व्यक्ति गुट र पार्टीको कार्यक्रममा आउन मिल्छ ? भनी कानेखुशी गरेका थिए ।
(फाइल फोटो)














प्रतिक्रिया