२८ आश्विन २०८३, बुधबार

माधव नेपालले केपी टिमलाई भने- ‘अराजनीतिक र स्वार्थी समूह’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षका आंकाक्षी संसदीय दलका नेता केपी शर्मा ओलीलाई अराजनीतिक र स्वार्थीको संज्ञा दिएका छन् ।

एमालेका काठमाडौंँ उपत्यकामा रहेका पूर्वाञ्चलका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीको टिमलाई अराजनीतिक र स्वार्थी समूहको संज्ञा दिएका हुन् । पार्टीको नेतृत्वमा अराजनीतिक र स्वार्थी समूहलाई आउन दिने कि नदिने भन्नेबारेमा कार्यकर्ताले निक्र्यौल गर्नुपर्छ । नेता नेपालले भने ।

पार्टीलाई वैचारिक, सैद्धान्तिक र सांगठनिकरुपमा चुस्त बनाउँदै जनताको लोकप्रिय र आन्दोलनको अगुवा बनाउनुपर्नेमा आफ्नो ध्यान रहेको पनि नेपालले बताए । तर, नेता नेपालले आफू अध्यक्षको उम्मेद्वार हो भन्ने घोषणा भने गरेनन् ।

वरिष्ठ नेता नेपालले २०६२ / ६३ सालको जनआन्दोलनलाई पूँजीवादी राजनीतिक क्रान्तिको संज्ञा दिँदै अब आर्थिक सामाजिकको रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

जनताको बहुदलीय जनवादलाई पुरानै दस्तावेजका आधारमा नभई गणतन्त्र आइसकेको, तीनखम्बे अर्थतन्त्रको माग भइरहेको सन्दर्भमा समसामयिक परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य योगेश भट्टराई, पूर्व राजदूत टंक कार्की, विद्यार्थी नेता राजेन्द्र राईलगायतले एमालेको भावी अध्यक्षमा नेता नेपालजस्तो सन्तुलित नेता अध्यक्ष बन्नुपर्ने बताएका थिए ।