काठमाडौं । २० वर्षपछि एकपटक फेरि शाहरुख र काजोलको ‘डिडीएलए’ जोडी नेपालका सिनेमाघरमा देखिने भएका छन् ।
२० वर्षपहिले अल वल्र्ड प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ फेरि प्रदर्शन आएको हो ।
सन् १९९५ मा पहिलोपटक प्रदर्शन भएको यो चलचित्र सबैभन्दा लामो समय २० वर्षसम्म हलमा प्रदर्शन भएको चलचित्र आजदेखि नेपालमा रिलिज हुँदै छ ।
मुम्बईको मराठा मन्दिर चलचित्र हलमा एक हजार साता यो चलचित्र प्रदर्शन भएको थियो । अघिल्लो महिना यसको प्रदर्शनको एक हजार साता मनाइएको थियो ।
आदित्य चोपडाको निर्देशन तथा शाहरुख खान र काजोलको शीर्ष अभिनय रहेको यो चलचित्र नेपालमा गोपीकृष्ण मुभिजले ल्याएको हो ।
नेपालभरका ५० पर्दामा शुक्रबारदेखि यो चलचित्र प्रदर्शन हुने चलचित्र वितरक निरज पौडेलले जानकारी दिनुभयो । चलचित्रको आजबाट प्रदर्शन हुने उहाँले बताउनुभयो ।













प्रतिक्रिया