२९ आश्विन २०८३, बिहिबार

आमिर खान किन बढाउँदैछन् शरीरको तौल ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-khanमुम्बई । आमिर खान बलिउडका सफल नायक हुन् ।

चलचित्रका लागि कहिले भोजपुरी सिक्छन्, त कहिले ऐट एप्स बनाएर चर्चामा आउने आमिर अहिले आफ्नो तौल बढाएर चर्चामा आएका छन् ।

आमिरले आफ्नो शरीरमा २२ किलो तौल बढाएका छन् । आमिरले तौल बढाउनुको कारण चलचित्र दंगलका लागि हो ।

आफ्नो आगामी चलचित्र दंगलका लागि आमिरले आफ्नो शरीरको २२ किलो वजन बढाएका हुन् ।

यो चलचित्रमा आमिर एक ठूला पहलवानको भुमिकामा देखिँदैछन् । जसमा आमिर दुई छोरीको वावुपनि बन्दैछन् ।

पहलवानको भुमिकालाई सफल बनाउन अहिले आमिर रातदिन मेहनत गरिरहेका छन् ।

आमिर केही दिनमा पचास वर्षमा प्रवेश गर्दैछन् । तर, उनको जोशमा अहिलेपनि कमी छैन् । २२ किलो तौल बढाएर आमिरले आफूलाई अहिले फिट बनाएका छन् ।

खबरअनुसार अहिले आमिरको तौल ९० किलो पुगेको छ । जबकि पीके रिलीज हुँदा आमिरको ६८ किलो तौल थियो ।