२९ आश्विन २०८३, बिहिबार

कलेजका सत्र युवतीबाट आकर्षक सुन्दरी छानिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1 (2)काठमाडौं । कलेज पढ्दै गरेका किशोरीहरुबीचको सौन्दर्य प्रतियोगिता कलेज डिभा अफ द इयर २०१५ आयोजना रिबन इन्टरटेनमेन्ट प्रालिले गर्ने भएको छ ।

गत वर्ष फेश अफ द इयर, चिल्ड्रेन अफ द इयर र मिस टीन अफ द इयरजस्ता विभिन्न उमेर समूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरेको यो कम्पनीले यही चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर गर्न लागेको हो ।

विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले अन्तिमस्पर्धा प्रतियोगितामा रहने कार्यकारी निर्देशक नीशु झाले जानकारी दिए ।

प्रतियोगिताको पहिलो अडिसनबाट एन्जीला थापा, अन्जु ज्ञवाली, अर्चना दाहाल, अस्मीता जिरेल, नवीना श्रेष्ठ, नीश्चला खड्का, पायल कौर, पूजा चौधरी, रञ्जिता कार्की, रञ्जीता कार्की, रीया तिमल्सिना, शवनम शाक्य, सजुम कटुवाल, समीक्षा सापकोटा, श्रीया शाक्य, नवीना श्रेष्ठ, स्वेच्छा खत्री र उर्जा कार्की चयन भएका छन् ।

प्रतियोगिताका सहभागीलाई विभिन्न विषयका विज्ञहरुबाट एक महिना लामो मास फेसिङ, व्यक्तित्व विकास र आत्मविश्वास, नेतृत्व क्षमता र विकास, जीवन शैली र कला, लागू पदार्थ र अपराधविरुद्धको चेतना, बाल र महिला अधिकारी, सकरात्मक सोंचको विकास, पर्यटनको विकास, क्याटवकजस्ता विविध विषयको प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको झाले बताए ।

चैत ७ गते ट्यालेन्ट राउन्ड हुने प्रतियोगिताको कोरियोग्राफी अश्वीनी झाले गरिरहेका छन् ।