काठमाडौं । नेपाली चलचित्र नगरी कलिउडकी सफलताको बाटोमा लागेकी नायिका वर्षा सिंहको जवानीले भरिएको काफल पाकेको छ ।
सावित्री केसीद्धारा निर्देशित चलचित्र ‘काफल पाक्यो’ मा उनले आफ्नो जवानीलाई प्रस्तुत गरेकी हुन् । इडिटिङ्ग तथा डविङ्ग कार्य अन्तिम चरणमा पुगेको चलचित्र काफल पाक्योमा अभिनेत्री वर्षाको जवानीको काफल पनि पाकेको छ ।
जीवन लुइटेल र वर्षा सिंहको मुख्य भूमिका रहेको यस चलचित्र पुर्णरुपमा मनोरन्जनात्मक र प्रेम कथामा आधारित रहेको छ ।
अग्लो कद्, आकर्षक शरिर र सेक्सी लुक्स् की नायिका वर्षा सुपर स्टार नायक जीवन लुइँटेलको जोडिको रुपमा साह्रै सुहाएको छ ।
प्रेम कथामा आधारित चलचित्रलाई अलि फरक नाम दिइएको मात्रै हो । अर्थ यसको आत्मिक सम्बन्धलाई नै झल्काउने हो ।
खासगरी गाउँको भद्र भलाद्मी केटा र शहरीया बिग्रेल केटीबीचको अनौंठो प्रेम सम्बन्धको सँगसँगै अटुट वैवाहिक जीवनसँग सम्बन्धित कथावस्तुलाई चलचित्रमा देखाईएको छ ।
हामीले विवाह लगनको महिना वैशाख र आफ्नो दौतरीलाई खोज्दै हिंडने काफल पाक्यो चरीले कुर्लन्दै हिंडने भएकाले पनि हामीले सान्र्दभिकताका लागि पनि चलचित्रको नाम काफल पाक्यो राखिएको निर्देशक केसीले बताए ।
चलचित्रलाई बैशाख महिनाको सेरोफेरामा नै प्रर्दशनमा ल्याउने लक्ष्य रहेको छ ।













प्रतिक्रिया