२९ आश्विन २०८३, बिहिबार

प्रमोदले गुल्मीमा ‘म बिना कसै कसैलाई मुस्किल छ’ भनेपछि बबाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 promod-kharel– शिबलाल सुबेदी
गुल्मी २८ फागुन । दोस्रो गुल्मी महोत्सवको आठौ दिन प्रसिद्ध कलाकार गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाहेका छन् ।

युवाहरुका ढुकढुकीका रुपमा स्थापित गायक प्रमोदले मञ्चमा पुग्दासाथ वा-वा भन्दै हुटिङ्ग गर्न सुरु गरेका उपस्थित दर्शकहरु ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ भन्ने गीत गाउँदा सबैका हातहरु माथी देखिएका थिए ।

आधा दर्जनभन्दा बढी आधुनिक गीत गाउँदा सुरक्षाकर्मी तथा स्वयम सेवकहरुलाई दर्शकहरुलाई व्यवस्थित बनाउन समेत हम्मे हम्मे परेको थियो ।

आठौ दिनको शुरुमा बिभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुतीले आनन्द लिइरहेका दर्शकहरु प्रमोद खरेल मञ्चमा एकाएक तातेका थिए ।

IMG_9782धेरै पटक गुल्मी आएका खरेलले गुल्मीमा आफ्नै दर्शकहरु भएको भन्दै सुरुमै उपस्थित युवायुवतीहरुलाई तताएका थिए ।

गायक प्रमोद खरेलले गीत गाउन थालेपछि सुरक्षाकर्मी तथा स्वयम सेवकहरुले बुढाबुढीहरुलाई एकातिर तथा युवायुवतीहरुलाई अर्कोपट्टी राखेको थियो ।

उनले बीच बीचमा पचास हजार दर्शकहरु भन्दा २/३ हजार गुल्मीका जस्ता दर्शकहरु आवश्यक रहेको बताएका थिए ।