मुम्बई । बलिउडका चर्चित अभिनेता आमिर खानले माछा वा मासु खान छाडेका छन् । कुनै समयमा माछा वा मासुविना खाना खान नसक्ने बलिउड स्टार आमिर शाकाहारी बनेका हुन् ।
उनकी पत्नी किरण रावले देखाएको स्वास्थ्य सम्बन्धि एक भिडियोबाट प्रभावित भएर आमिर मासु मासुजन्य पदार्थ त्याग्ने निर्णय गरेका छन् । जसअनुसार आमिरले दुध र दुग्धपदार्थ समेत खान छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पत्निले देखाएको भिडियोमा मान्छेको ज्यान लिने १५ सामान्य रोग र तिनबाट जोगिन आहारमा अपनाउनुपर्ने सावधानीहरु थाहा पाएपछि आमिरले भने, ‘भिडियोमा स्वस्थ जीवन कसरी बाँच्ने भनेर सिकाएको छ, जसकारण मैले शाकाहारी बन्ने निर्णयमा पुगेको छु ।’
यो निर्णयले आमिरले आफूलाई असाध्यै मनपर्ने दही पनि खान पाउने छैनन् । बलिउडमा मिस्टर पर्फेक्सनिस्टको उपाधि समेत पाएका आमिरले भनेका छन्, ‘दुधबाट बनेको केही खानेकुरा खान्नँ, मेरो प्रिय दही र मिठाइ पनि अबदेखि म देखि टाढा भएका छन् ।’
आगामी फिल्म ‘दंगाल’मा पनि आमिर शाकाहारीकै भूमिकामा देखिदैछन् । आमिर पत्नी किरण पनि शाकाहारी छिन् ।
तर, आमिरका छोरा आजाद भने मांसहारी नै रहेका छन् । आमिरले भनेका छन्, ‘चाँडै आजाद पनि शाकाहारी हुनेमा विश्वास लिएको छु । बलिउडका अधिकांश कलाकार मासंहारी छन् ।













प्रतिक्रिया