२८ आश्विन २०८३, बुधबार

हमालले भित्राए मधुलाई नवलपरासीको पुख्र्यौंली घरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Madhu विहेको भोलिपल्टै अभिनेता राजेश हमाल पत्नीलाई लिएर नवलपरासी पुगेका छन् जहाँ उनले आफ्नो पुख्र्यौली घरमा मधुलाई विधिपूर्वक भित्राएका छन् ।

बुद्ध एयरको जहाजबाट भरतपुर उडेका उनी सहयोगीका साथ नवलपरासी हानिएका हुन् । भरतपुर एयरपोर्टबाट नीजि सवारीमा उनी नवलपरासी गएका हुन् । पुख्र्यौंली घरमा भित्राउने योजनाअनुसार हमालले मधुलाई काठमाडौंको घरमा भित्राएका थिएनन् ।

विधिपूर्वक हमालले नवलपरासीको रजहरस्थित घरमा मधुलाई भित्राए । पहेंलो कुर्तामा मधु र क्याजुअल ड्रेसमा हमाल देखिएका थिए ।

चितवनका पत्रकारहरुसँग कुरा गर्दै हमालले आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताए ।

जेठ १४ गते बिहे भोज आयोजना गरेर हमाल १५ गते अष्ट्रेलियातर्फ लाग्दैछन् ।

हमालले चितवनका पत्रकारहरुसँग कुरा गर्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताए । जेठ १४ गते बिहे भोज आयोजना गरेर हमाल १५ गते अष्ट्रेलियातर्फ लाग्दैछन् । उनीहरु आजै काठमाण्डौ र्फकने वुझिएको छ । – See more at: http://www.onlinekhabar.com/2014/05/203557/#sthash.1RJ0TQSh.dpuf

Rajesh-Madhu1