१२ कार्तिक २०८३, बिहिबार

लकडाउनका बेला पेस्ताेलसहित तीन जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ वैशाख । कैलाली जिल्लाकाे धनगढीबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १२ बस्ने २१ वर्षीय अविनाश थापा, २० वर्षीय नवराज बराइली र २५ वर्षीय विनोद कुँवर रहेका छन् ।

धनगढी उपमहानगरपालिका–७ जाखोरताल जंगलबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हतियार रहेको सूचनाका आधारमा नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हतियारसहित तीनैजनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।