सिरहा, २७ फागुन । एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवम् पार्टीका सचेतक गिरिराजमणि पोखरेलले सरकारले ३० दलीय मोर्चासंग थालेको वार्ताले सहमति नहुने बताउनुभएको छ ।
उहाँले सरकारको वार्ताले सहमति नहुने भएकाले ३० दलीय मोर्चा फेरि आन्दोलन जान तयारी गरिरहेको बताउनुभयो । सिरहामा क्रान्तिकारी पत्रकार संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचेतक पोखरेलले सरकारले सहमतीय वातावरण बनाउन नचाहेकाले मोर्चाले फेरि आन्दोलनको तयारी गरेको बताउनुभयो ।
सत्तारूढ दलसँग फागुन ३० गतेसम्ममा सहमति नभए ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागको सचिव पोखरेलले जानकारी दिनुभयो ।
उहाँले विभिन्न पक्षको आग्रहमा परिणाममुखी र सार्थक वार्ताका लागि मोर्चाले फागुन ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम रोकेकाले सत्तारूढ दल सहमतिका लागि इमान्दार नभए दोस्रो चरणको क्रियात्मक र निर्णायक आन्दोलनको घोषणा गर्ने बताउनुभयो ।
आन्दोलनका सहयात्री दलबीच न्यूनतम सहमतिका आधारमा संविधानसभाबाटै सङ्घीयतासहितको संविधान बनाउन सत्तारूढ दल इमान्दार भए चाँडै दलबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया