१२ कार्तिक २०८३, बिहिबार

रौतहटका क्वारेन्टाइनबाट घर फर्कने संख्या बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

रौतहट, १३ वैशाख । रिपोर्ट नेगेटिभ आएपछि रौतहटका क्वारेन्टाइनबाट धमाधम घर फर्कने संख्या बढदै जान थालेको छ ।

कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आहृवान गरेको लकडाउनकै क्रममा भारत लगायत विदेशबाट आउनेलाई खोजी खोजी जिल्लाका २६ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

पछिल्लो समय अधिकांशको रिपोर्ट नेगेटिभ आएपछि धमाधम घर फर्कन थालेका हुन् । क्वारेन्टाइनमा राखिएकाहरुको सुरक्षामा तैनाथ नेपाली सेना पनि सुरक्षित तरिकाले चारै तिर सेन्ट्री पोस्ट बनाएर बसेका छन ।

बिहीबारसम्म ४ सय ४६ मध्ये २ सय ५९ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएपछि उनीहरु खुसी भएर घर फर्केका हुन । अहिले १४ महिला, १ सय ७३ पुरुषहरुको स्वाब टेस्ट र रिपोर्ट पर्खिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको इशनाथ नगरपालीकाको औरैया माविमा १ जना १९ वर्षीय युवकमा कोरोना पोजेटिभ देखीए पनि अन्यको रिपोर्ट नेगेटिभ आइरहेको छ ।

रौतहटको चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमी र औरैया माविमा स्थापना गरिएको क्वारेन्टाइनबाट ७५ जना घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताएछन् ।

प्रशासनको निर्देशनमा क्वारेन्टाइनमा बसेकाहरूको घर परिवार र सम्पर्कका गरि ६१ हजार ३ सय ४१ को ¥यापीड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ घिमिरेले जानकारी दिएका छन् ।