१२ कार्तिक २०८३, बिहिबार

हुम्लामा नौवटा शंकास्पद स्वावको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, ७ वैशाख । हुम्लाबाट सुर्खेत पठाइएका सबै नौवटा शंकास्पद स्वावको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।

भारत तथा मुलुकका विभिन्न शहरबाट हुम्ला फर्केर क्वारेन्टाइन बसेका नौजनाको स्वाव परीक्षणका लागि पठाइएको थियो । आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई घर जान अनुमति दिइएको थियो ।

पीसीआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएपछि ढुक्कको अवस्था भएको प्रमुख सिंहले बताए ।