
इटहरी, ६ वैशाख । नेपाली कांग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनको सुनसरी अध्यक्षको जिम्मेवारी पूर्वसहमतिका आधारमा शनिबारबाट पत्रकार पवन अधिकारीले सम्हाल्न थालेका छन् ।
नेपाल विज्ञापन एजेन्सी संघ प्रदेश १ का संयोजक समेत रहेका अधिकारी डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।
यसअघि नेतृत्व छनौटका क्रममा पत्रकार धनबहादुर पुरीले कार्यकालको एक बर्ष र बाँकी समय अधिकारीले नेतृत्व गर्ने सहमति भएको थियो । प्रेस युनियनको अधिवेशन चार बर्षमा हुने गरेको छ ।
‘सहमतिका आधारमा नेतृत्वको जिम्मेवारी लिएको छु । आगामी दिनमा प्रजातान्त्रिक विचार बोकेका पत्रकार र समग्र सुनसरीको पत्रकारिता क्षेत्रमा सहमति, सहकार्य र एकता गरेर लैजाने दृढता राखेको छु’, अधिकारी भन्छन् ।














प्रतिक्रिया