
काठमाडौं, ३ वैशाख । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो ।
घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् ।
त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।














प्रतिक्रिया