१२ कार्तिक २०८३, बिहिबार

घटालस्थानमा लाग्ने बिसु जाँत सामान्य पुजा अर्जना गरि सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ३ वैशाख । डडेल्धुरा जिल्लामा अवस्थित सुदूरपश्चिमकै प्रसिद्ध ‘घटालस्थान बिसु जाँत’ यस पर्व भने सामामन्य पूजाअर्जना गरि सम्पन्न भएको छ ।

हरेक नयाँ वर्षको दोश्रो दिन घटालस्थानमा लाग्ने बिसु जाँत कोभिड १९ कोरोना भाईरस संक्रमण हुन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै सामान्य पूजा गरि बिसु जाँत सम्पन्न गरिएको हो ।

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपिठका रुपमा रहेको घटालस्थानमा नयाँ वर्षमा लाग्ने बिसु जाँतमा सुदूरपश्चिमका हजारौ भक्तजनहरू दशर्न गर्न आउने गर्दथे ।

यस वर्ष कोरोनाका महामारीले गर्दा सामान्य पूजा गरि जाँत स्थगन गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।