११ कार्तिक २०८३, बुधबार

कमल थापाको राप्रपा नेपालले राप्रपासंग एकीकरण सुरु गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौँ, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राप्रपासँग पार्टी एकताका छलफल सम्वाद सुरु गरेको छ ।

त्यसका लागि लागि सहअध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा आज चार सदस्यीय वार्ता समिति गठन गरेको छ ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष धवलशम्शेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ र केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनलाई वार्ता टोलीमा सदस्यको जिम्मेवारी दिएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले बागलुङमा हुने उपनिर्वाचनमा पार्टीले विभिन्न राजनीतिक तथा प्रचारका कार्यक्रम सञ्चालन गर्न महामन्त्री गुरुङको ससंयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा गरी आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेको सहायक महामन्त्री श्रेष्ठले बताउनुभयो ।