११ कार्तिक २०८३, बुधबार

एमाले अध्यक्ष ओली अझै अस्वस्थ, स्थायी समिति बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण नेकपा एमाले स्थायी समितिको बैठक स्थगित भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न आजका लागि बोलाइएको स्थायी समितिको बैठक स्थगित गरिएको हो । अध्यक्ष ओलीको अस्वस्थताका कारण बैठक स्थगित गरिएको एमाले उपमहासचिव घनश्याम भुसालले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो ।

यसअघि एमाले मुख्यालय बल्खुमा बोलाइएको बैठक अध्यक्ष ओलीकै बालकोटस्थित निवासमा बस्न विषयमा नेताहरुबीच छलफल भएको थियो । तर, अध्यक्ष ओलीको अस्वस्थताका कारण बैठक सारिएको हो । बैठकमा संविधानसभा बैठक र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुने कार्यसूची थियो । अध्यक्ष ओली रुघाखोकी लगायतका समस्याबाट पीडित हुनुहुन्छ । छातीमा संक्रमण भएका कारण शनिबारदेखि उहाँले कुनै पनि औपचारिक कार्यक्रम तथा बैठकहरुमा भाग लिनुभएको छैन ।