
स्याङजा, २८ चैत । जिल्लामा कोरोना परीक्षण गरिएकामध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार साँझसम्म स्याङजाबाट ९७ जनाको श्वाब संकलन गरी पठाएकोमा ५७ जनाको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
अब ४० जनाको कोरोना रिपोर्ट आउन बाँकी छ । यही चैत २ गतेपछि विभिन्न मुलुकबाट जिल्लामा आएर क्वारेन्टाइमा बसेकाहरुको ६ सय २४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको छ।














प्रतिक्रिया