
काठमाडौं । बलिउडका वादशाह ‘किङ्ग खान’ उपनामले परिचित सुपरस्टार शाहरुख खान स्वदेश फर्किनुभएको छ ।
कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड राजदूतका रुपमा बजार प्रबद्र्धनका लागि आउनुभएका खानले पेन्ट्सको विज्ञापनमै बढी समय खर्च गर्दै भन्नुभयो “सुन्दर देश नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पुर्याउन म यहाँ आएको हुँ ।”
उहाँ हिजो राति १० बजे आफ्नै विमानबाट स्वदेश फर्किनुभएको हो । शाहरुखले परिवारसहित फेरि नेपाल आउने वाचा पनि गर्नुभएको छ ।
हिजो राति १० मिनेट पत्रकार सम्मेलनमा देखिएका शाहरुखले कन्साई न्यारोल्याक पेन्ट्सको कार्यक्रममा विजेतालाई सम्मान समेत गर्नुभएको थियो ।
साहरुखले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू–क्यान’ को पनि उद्घाटन गर्नुभएको थियो ।
साहरुखले पछिल्लो पाँच वर्षदेखि आफू नेरोल्याकसँग आवद्द रहिरहेको बताउँदै यसको वातावरण मैत्री अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
हिजो दिउँसो भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका शाहरुख कार्य व्यवस्तताले राति नै मुम्बई फर्किनुभएको हो ।

















प्रतिक्रिया