काठमाडौ । संयुक्त पर्यटन समन्वय समितिले जारी आन्दोलनलाई अझ सशक्त बनाउन थप सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।
समितिले आइतबार पत्रकार सम्मेलन गरी २६ दिनदेखि नेपाल पर्यटन बोर्डका सम्पूर्ण गतिविधि ठप्प रहँदासम्म आन्दोलनरत व्यवसायीको मागलाई सम्बोधन गर्न सरकारले उदासीनता देखाएको बताउँदै यही जेठ १२ देखि १८ गतेसम्म विभिन्न चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक रमेश धमलाले उल्लेखित संघर्षका कार्यक्रम सञ्चालन गर्दा पनि बोर्डमा भइरहेको २४ घन्टे रिले अनशन कार्यक्रम जारी राखिने बताउनुभयो । पर्यटन क्षेत्रसँग आबद्ध २६ भन्दा बढी संस्था आबद्ध व्यवसायीले गत वैशाख १७ गतेदेखि बोर्डभित्रको अनियमितता छानबिन गरिनुपर्ने, बोर्डलाई समयसापेक्ष पुनःसंरचना गरिनुपर्ने, हाल कामु कार्यकारी प्रमुख सुवास निरौलालाई पदमुक्त गरिनुपर्नेलगायत माग राखी निरन्तर आन्दोलन गर्दै आएका छन् ।
व्यवसायीले यही जेठ १ गतेदेखि २४ घन्टे रिले अनशन बस्दै आएका छन् । अनशनका क्रममा प्रमुख दलका शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री, सभासद् तथा विभिन्न सङ्गठनका प्रमुखले आन्दोलनप्रति ऐक्यबद्धता जनाए पनि कतैबाट पनि व्यवसायीको मागको सुनुवाइ भएको छैन ।














प्रतिक्रिया