२९ आश्विन २०८३, बिहिबार

‘परिणाम’को रिलिज लक्ष्य जेठको अन्तिम साता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parinnam 1काठमाडौं । हरि पराजुलीद्धारा निर्देशिन चलचित्र ‘परिणाम’ आगामी वर्ष जेठको अन्तिम साता प्रदर्शनमा आउने भएको छ ।

हाल पोष्टप्रोडक्सनको अन्तिम चरणमा रहेको ‘परिणाम’को तीन वटा गीत मात्रै छायांकन गर्न बांकी रहेको निर्देशक पराजुलीले बताए ।

गीत छायांकन गरेपछि चलचित्रको सबै काम सकिने उनको भनाई छ । उनले भने, ‘परिणाम’को गीत काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ । लोकेशन हेर्दैछौं । एकदुई दिनमा पूरा हुन्छ ।’ ‘परिणाम’को पोष्टप्रोडक्सन अनामनगरस्थित क्लासिक सिनेमेकर्समा भइरहेको छ ।

दार्जिलिङ, शिलगढी, मिरिक, सिक्किम र काठमाडौंका मनोरम स्थानहरुमा छायांकन गरिएको ‘परिणम’बाट निर्देशक पराजुलीले पनि धेरै आस गरेका छन् । ‘अहिलेसम्मको तयारी र कामबाट म आशावादी छु’, निर्माता समेत रहेका पराजुलीले भने, ‘रिलिज भएपछि त्यसको मूल्यांकन दर्शकले गर्नेछन् ।’

चलचित्रमा मुकेश ढकाल,झरना रिसाल, शारीका घिमिरेलगायतको अभियन देख्न सकिन्छ । उनीहरुले राम्रो अभिनय गरेको निर्देशक पराजुलीको भनाइ छ ।

कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको चलचित्रको कथा र पटकथा माधव शर्माले तयार गरेका हुन् ।शिव ढकालको छायांकन, एन.वि महर्जन द्वन्द्व र प्रिया पराजुलीको नृत्य चलचित्रमा छ ।

Jharana Risal Jharanas Parinna 3 Parinnam 2