मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बलिउड छोड्ने भएकी छन् । उनले सधैका लागि बलिउड छोड्न लागेकी होइन् ।
अमेरीकाको स्टुडियो ‘एबीसी नेटवर्क’को एक रियालटी शोका लागि उनले बलिउड छोड्न लागेकी हुन् । स्टुडियोसँग एक वर्षका लागि प्रियंकाले करार गरेकी छन् ।
प्रियंका यतिबेला बलिउड छोड्ने तयारीमा छिन् । १ वर्ष महिना लगातार हलिउडमा रहने उनको योजना छ । अमेरिकी स्टुडियो ‘एबीसी नेटवर्क’ले तयार पार्ने प्रोजेटमा उनी मुख्य भूमिकामा देखिदैछिन् ।
खबरअनुसार प्रियंकाको जोडी ज्याक मक्लोफिन बन्ने भएकी छन् । ज्याक ‘गैस एनोटोमी’, ‘सीएसआई: मि आमी’ र ‘द मेन्टलिस्ट’ जूता रियालटी शोका कारणले चिनिएका छन् ।
शोमा ज्याकले एक सौम्य आदर्श केटाको भूमिका निर्वाह गर्दैछिन् । जसको पहिचान प्रियंकाले पछि उजागर गर्नेछिन् । शोमा हलिउडमा कमेडियन जोश सफरान, मार्क गार्डन र निक प्यापरले निर्माण गर्ने भएका हुन् ।
यो शोका लागि प्रियंकाले १५ करोड लिएको भारतिय संचारमाध्यमले बताएका हुन् । प्रियंकाको दुई चलचित्र अहिले प्रदर्शन हुन बाकी छन् ।
चलचित्र हुन् ‘बाजीराव मस्तानी’ र ‘दिल धड्कने दो’ । (एजेन्सी )













प्रतिक्रिया