काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता अफताव आलमका छोरा मो. फिरदोस आलम काँग्रेस सहमहामन्त्री निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् ।
फिरदोस फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।
उनका बुबा अफताव आलम रौतहट बम काण्डमा मुछिएका थिए ।













प्रतिक्रिया