काठमाडौं, २६ फागुन । छैटौं जोरखाने स्पोर्ट्स विश्व कपका कांस्य विजेता सूर्य बुढाथोकीलाई नेपाल जोरखाने खेलकुद संघले सम्मान गरेको छ ।
ताजकिस्तानमा गत फेब्रुअरी २२ देखि २९ तारिखसम्म भएको विश्व कपअन्तर्गत कुस्तीको पुरुष ७०–८० केजी तौलसमूहमा सूर्यले कांस्य जितेका थिए ।
सेमिफाइनलमा टर्कीका खेलाडीसंग पराजित भएपछि सूर्य कांस्यमा सीमित भएका हुन् । त्यसअघि सूर्यले इरान र जिम्बावेका खेलाडीलाई हराएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सूर्यलाई एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गरे । सो अवसरमा सदस्य–सचिव लामाले पदक विजेता खेलाडीलाई उचित पुरस्कारका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूर्यसहित अरुण सापकोटा, कमल श्रेष्ठ, अनुजसिंह श्रेष्ठ र राजन सिलवालले विश्व कपको विभन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
रविन घिमिरेले टिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए भने रवि घिमिरेले विश्व कपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नीहरुलाई पनि त्यसै अवसरमा मायाको चिनो प्रदान गरियो ।













प्रतिक्रिया