१२ कार्तिक २०८३, बिहिबार

चितवनमा काेराेना परीक्षणको प्रयोगशाला सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २४ चैत । चितवनमा पनि कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको छ ।

भरतपुरमा रहेको राष्ट्रिय पंछी रोग अन्वेषण प्रयोगशाला परिसरमा कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको हो । यो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालन हुनेछ ।

प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिकहरू तयारी अवस्थामा रहेका छन् । एक शिफ्टमा ९० वटा नमूना परीक्षण गर्न सकिने छ ।

सञ्चालन भएको पहिलो दिन भने एउटा नमुना मात्र परीक्षण गरिने छ । त्यो नमुना प्रदेश परीक्षण कार्यालय हेटौँडामा पनि पठाइएको छ ।

भरतपुरमा स्थापना गरिएको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा. कृष्णसागर शर्माले बताए ।

क्षमता विस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परीक्षण गर्न सकिने उनको भनाइ छ ।