२९ आश्विन २०८३, बिहिबार

बंगलादेश विश्वकप क्रिकेटको क्वाटर फाइनलमा, इङ्ल्यान्डड १५ रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-ENG-BAN

काठमाडौं, २५ फागुन । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा बंगलादेशसंग इङ्ल्यान्ड १५ रनले पराजित भएको छ ।

बंगलादेशले दिएको दिएको २७५ रनको लक्ष्य पच्छ्याएको इङ्ल्यान्ड ४८.३ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटियो ।

पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । आजको खेलमा बंगलादेश १५ रनले विजयी भएको हो ।

यो जितसंगै विश्वकपमा बंगलादेशले क्वाटरफाइनलमा प्रवेश गरेको छ । महमुदुल्लाहले शानदार १०३ रन बनाएपछि बंगलादेशले ५० ओभरमा ७ विकेटको क्षतिमा २७५ बनायो । उसको तर्फबाट महमुदुल्लाहसँगै मुस्फिकर रहिमले ८९ रनको गतिलो पारी खेले ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि १९ रन जोडेका मोइन अली ६३ रन बनाएका इयान बेलले गतिलो सुरुवात दिलाए । तर उनको सुरुवातले जित दिलाउन सकेन् ।