१२ कार्तिक २०८३, बिहिबार

नेपाली प्रेसमाथि भएको आक्रमण स्वीकार्य छैनः राप्रपा नेता गिरी

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किरण गिरी

काठमाडाैं, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीले काठमाडाैंप्रेस डटकमकाे समाचार डिलेट प्रकरणले गम्भीर प्रश्न उत्पन्न गरेकाे बताएका छन् ।

गिरीले बिहीबार विज्ञप्ति जारी गरेर साे अनलाइनकाे एडमिन कब्जा गरेर समाचार डिलेट गरिएकाे विषय गम्भिर रहेकाे बताए । उनले प्रेसमाथिकाे यस्ता खालका गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

‘यस घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समाचारप्रति असमति रहन सकिन्छ । खण्डन गर्न सकिन्छ । नभए प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्न सकिन्छ’, उनले भनेका छन्, ‘झन् प्रधानमन्त्रीकै सचिवालय कर्मचारीको संलग्नता बारेको समाचारले हामी स्तब्ध भएका छौं ।’

गिरीले यस घटनाको सत्य, तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न अनुराेध गरेका छन् ।