११ कार्तिक २०८३, बुधबार

जातीय संघियता एमालेलाई मान्य हुँदैन : नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepalनेपालगन्ज, २५ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातीय संघीयताको नाम जपेर नेपालीहरुलाई भड्काउन खोज्नेलाई ठेगान लगाउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी, बाँकेद्वारा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमाओवादी मोर्चातर्फ संकेत गर्दै केही प्रतिक्रियावादी तत्वहरुले नेपालमा जातीय राज्यका कुरा गरेर मिलेर बसेका नेपालीहरुलाई भड्काउने काम गरेको उहाँले अरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो- ‘जातीय राज्यका आधारमा संघीयतामा जानुपर्छ भन्नेहरुले देशलाई रणभुमी बनाउने षड्यन्त्र गरिरहेका छन्, एमाले यस्तो कदापी हुन दिने छैन्, ठेगान लगाएर छाड्ने छ ।’

उहाँले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा संविधान जारी गर्न दलहरुबीच अधिकतम सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।

‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र जातीय तथा धार्मिक सद्भाव नबिथोलिने गरी संविधान निर्माणका लागि दलहरुले सहमति गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

दलहरुले धेरैभन्दा धेरै पटक अनौपचारिक वार्ता गर्नुपर्छ भन्दै उहाँले सहज वातावरणमा अहिले भइरहेको वार्ताको अवसरलाई गुम्न दिनु हुँदैन भन्नुभयो ।